Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिच भलिबल टोली भुटान जाने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |
newsabhiyan

काठमाडौं भदौ १६ गते । काभा बिच भलिबलमा सहभागी हुन नेपाली टोली बुधबार भुटानको थिम्पु जाने भएको छ । भदौ १९ देखि २१ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष÷महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमन सिंह दर्जी र शरण कार्कीको जोडीले खेल्ने छन् । 

महिलातर्फ कमला पुन र कोपिला राना तथा सुनिता राई र भावना डाँगीको जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

टोलीको प्रशिक्षकमा श्रीराम बोगटी तथा व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan