काष्ठमण्डपलाई सफलता
काष्ठमण्डप विद्यालयले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार जित हात पारेको छ ।
बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा काष्ठमण्डपले डाफोडिललाई २०–७ ले पराजित ग¥यो । काष्ठमण्डपकी प्रदी केसीले ८ अंक जोडिन् ।
सिनियर गल्र्समै निस्टले त्रियोगलाई २५–१३ तथा मेरिडियनले इन्टरनेसनलले युरो स्कुललाई १३–१२ ले हराए । निस्टकी सिग्दाले ९ तथा मेरिडियनकी सुमना रिजालले १० स्कोर गरे ।
जुनियर ब्वाइजमा त्रियोगले डिभाइनलाई ६–४ तथा प्रिमियर इन्टरनेसनलले डाफोडिललाई १८–१४ ले पाखा लगाए । त्रियोगका अभिषेक ठकुरी तथा प्रिमियरका अदिश प्रधानङ्गले समान ४–४ अंक जोडे ।
सिनियर ब्वाइजमा निस्टले सफलता पायो । निस्टले जेम्सको चुनौती ५६–३७ ले पन्छायो । निस्टका समिन कार्कीले २५ अंक जोडे ।
