Tuesday 1st of September | २०८३ भदौ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार |

ताप्लेजुङ, १६ भदौः साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । यहाँ जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको हो । उपाधि नजिक पुगेको सिराहा साबिकको विजेता समूह हो ।

    फाइनल प्रवेशका लागि दोस्रो हाफमा निशकुमार श्रेष्ठ र फागुराम थारूले गोल गरेका थिए । सलहेशले सातदोबाटो एफसीलाई ट्राइब्रेकरमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यता जर्जियन युनाइटेडले ताप्लेजुङ-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

    सेमिफाइनलको अन्तिम खेल बुधबार फिदिम स्पोर्टिङ क्लब र झापा-११ बीच दिउँसो २ः०० बजेपछि हुँदैछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको छ ।

    आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८३ र उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan