Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |

काठमाडौँ, १ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिको संशोधन सरकारले स्वीकार गरेको बताउनुभएको छ ।
 
    समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “हामीले सबैले छलफल गरेरै टुङ्ग्याएको हो । उपसमितिले राखेका विषयवस्तु खुला छलफललाई प्रधानमन्त्रीज्यूका तर्फबाट मलाई तोकिएको कारणले स्वीकार पनि गरेका छौँ ।”
 
    राज्य व्यवस्था समितिले उत्कृष्ट ढङ्गबाट काम गरिरहेकामा आभार प्रकट गर्दै उहाँले समितिका तर्फबाट दुई वटा विधेयकसहितको प्रतिवेदन सदनमा पेस हुने अवस्थामा पुगेको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan