Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |

कर्णाली, १९ असोजः कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायधिवक्ता सर्वराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले मुख्यन्यायधिवक्ता जोशीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । 

 कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६० बमोजिम जोशीलाई मुख्यन्यायधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा नियुक्त मुख्यन्यायधिवक्ता जोशी दैलेखको नारायण नगरपालिका-१ निवासी हुनुहुन्छ ।

नेपाल ल क्याम्पसबाट कानुनमा विसं २०५४ मा बिएल (स्नातक) र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा विसंं २०५९ मा एमए (स्नातकोत्तर) उत्तीर्ण गर्नुभएका जोशीले २५ वर्षदेखि अनवरत कानुन व्यवसायीका रूपमा काम गर्दै आएको बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan