Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा एकको मृत्यु,  दश जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |

चितवन, १९ असोजः कालिका नगरपालिका–५ वडा कार्यालय चोकमा  आज दिउँसो भएको सवारी दुर्घटनामा  एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

मचौली टोलबाट लङकालाइनतर्फ गइरहेको ट्याक्टर र कामिनी घाटबाट वनकठ्ठातर्फ आइरहेको जीपएकापसमा ठोक्किँदा जीपमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवले राससलाई जानकारी दिनुभयो । जीपमा  सवार अन्य १० जनाको  भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार जारी छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan