Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता कायम गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | रासस

दाङ, १९ असोजः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गरिने बताउनुभएको छ ।

नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ लुम्बिनी प्रदेश समितिको मागपत्र बुझेपछि उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा तथा निवृत्त हुने व्यवस्थामा एकरूपता कायम गर्न नीतिगत व्यवस्था हुने बताउनुभयो ।

“स्थानीय तहअनुसार सेवा सुविधा फरकफरक छ । अब नीतिगत रूपमा सम्बोधन गरेर सेवा सुविधामा एकरूपता कायम गर्नुपर्छ,” मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

लुम्बिनी प्रदेशमा हाल आठ हजार ९०७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । प्रदेश सरकारले निवृत्त हुने स्वयंसेविकालाई हाल रु ५० हजार उपलब्ध गराउँदै आएको छ ।

नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुनिता शर्माले ६० वर्ष का स्वयंसेविकालाई सेवा वर्षका आधारमा रु ३० हजारका दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारुसहित प्रदेश सरकारका उच्च  अधिकारी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan