Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |
newsabhiyan

काठमाडौं, २१ असोज : सर्लाही, मलंगवा नगरपालिका-२ नयाँ बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा कविलासी नगरपालिका-७ बस्ने ३२ वर्षीय शत्रुधन यादव समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ६ सय १८ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोडस्थित रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ डाँडापातु बस्ने ४० वर्षीय रोशन श्रेष्ठ समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ८ सय २० रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan