Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |

काठमाडौँ, २१ असोज : प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ले विपद्बाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।

समितिका सभापति गणेश पराजुलीको टोलीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रबाट विपद्पछिको वस्तुगत अवस्थाको अध्ययन सुरु गरेको हो ।

विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन तथा समन्वयमा खटिएका तीनै तहका सरकारका प्रतिनिधिसँग टोलीले विपद् र विपद्पछिको वास्तविक वस्तुस्थितिबारे जानकारी लिएको सभापति पराजुलीले बताउनुभयो ।

स्थलगत अध्ययनका क्रममा खोज तथा उद्धार, राहत तथा अस्थायी आश्रय, आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनःस्थापना, सुरक्षित पुनःस्थापना तथा पुनर्वास र दिगो पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका विषयमा स्थानीय तहका प्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

“खोज, उद्धार र राहतमा सङ्घीय सरकार तथा सम्बन्धित निकायले देखाएको तत्परताप्रति स्थानीय जनप्रतिनिधिले खुलेर प्रशंसा गर्नुभएको छ”, उहाँले भन्नुभयो, “अब आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनःस्थापनामा प्रभावकारी तत्परता देखाउन र तत्काल कानुन संशोधन गरी सम्बोधन गर्नुपर्ने विषयमा उहाँहरूले टड्कारो आग्रह गर्नुभएको छ ।”

समितिले विपद्पछिको तत्कालीन अवस्थाको अध्ययनसँगै पुनस्र्थापना, पुनर्वास तथा पुनर्निर्माणका क्रममा अपनाउनुपर्ने उपाय र आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक विधि तथा नीतिगत व्यवस्थाबारे सुझाव सङ्कलन गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan