Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली कांग्रेसका कुरा: मतदान २:३० बजेदेखि शुरू हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार |

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मतदान २ :३० बजेदेखि शुरू हुने भएको छ ।

निर्वाचन समितिले निर्वाचन व्यवस्थापनबारे पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरेसँगै २:३० बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको हो । 

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग भएको छलफलपछि २ बजेदेखि मतदान गर्ने कार्यक्रम तय भएको बताए । 

उनले खुलामञ्चमा २:३० बजेदेखि नै शुरू गर्ने भए पनि राष्ट्रिय सभागृहमा भने केही समय ढिला हुन सक्ने जानकारी दिए । 

खुलामञ्चमा भने निर्वाचन अधिकृतहरू मतदानका लागि तयारी अवस्थामा रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan