Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनलाईन (जुवा) सट्टाबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |
newsabhiyan

काठमाडौं, २३ असोज : अनलाईन (जुवा) सट्टाबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-३ घर भएका २२ वर्षीय बिक्की कुमार महतोलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले वानएक्स वेट र Mobcash Applicatin बाट सट्टाबाजी गरेको/गराएको साथै USDT लगायत अभौतिक मुद्दा (Crypto Currency) को कारोबार गरी हालसम्म ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रूपैयाँ ९१ पैसा भन्दा बढी कारोबार गरेको खुल्न आएको छ । 

उनी उपर अभौतिक मुद्रा र सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan