Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार |

कर्णाली, २३ असोजः कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा जुम्लाका डा.भीमबहादुर खत्री नियुक्त  हुनुभएको छ ।   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत वीरेन्द्रनगमा बसेको मन्त्रिपरिषद् बैठकले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नवनियुक्त उपाध्यक्ष तातोपानी गाउँपालिका ४ जुम्लाका स्थायी निवासी हुनुहुन्छ । 

त्यसैगरी, हुम्लाको नाम्खा गाउपालिका र तिब्बतको बुराङ काउन्टीबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको स्वीकृतिका लागि कर्णाली प्रदेश सरकारका तर्फबाट सिफारिश गर्ने र कर्णाली प्रदेश राइड शेयरिङ तथा सेल्फ ड्राइभ नियमावली २०८३ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan