Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः  एक हजार ४५७ जनाको मृत्यु,चार हजार ७२० जना बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार |

काठमाडौँ, २४ असोजः भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ः०० बजेसम्मको विवरण हो । 

 बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको मृत्यु भएको बताएको हो । 

सङ्कलन भएका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३५ शव  व्यवस्थापन गरिएको छ । एक हजार ४३८ शवको पहिचान हुन सकेका छैन । बाढीपछि चार हजार ७२० जना बेपत्ता छन् । 

यसैगरी, बाढीबाट विस्थापित एक हजार २३१ जना विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan