Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।

उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन्।

‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भनेका छन्, ‘सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।’

उनले आफ्नो निर्वाचनमा साथ र समर्थन दिने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्। भण्डारी ३७ सय ३५ मत प्राप्त गर्दै १५ औँ महाधिवेशनमार्गत कांग्रेस उपसभापति निर्वाचित बनेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan