Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निसर्ग बाटिकाले जित्यो पौडीको उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

१४ औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल पहिलो भएको छ । उपाधि जित्ने क्रममा निसर्गले १३६३ अङ्क पाएको हो । दोस्रो भएको एपिएफले ६१३ तथा तेस्रो भएको जेम्सले ६०६ स्कोर गरेको हो ।

सात वटा स्वर्ण पदक जितेकी नेपाल आर्मी क्लबकी डुवाना लामा महिलातर्फ तथा चार स्वर्ण र २ रजत जितेका नेपाल पुलिस क्लबका एरभिन श्रेष्ठ पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान कायम भएको आयोजक नेपाल पौडी सङ्घले जानकारी दिएको छ । एर्भिनले ६ राष्ट्रिय कीर्तिमान कायम गरे । अभिभ प्रधानले ४, जाडेन श्रेष्ठले ३ तथा डुवाना लामा, कल्किन श्रेष्ठ, अथर्व सिंह र आरोण भण्डारीले समान १–१ राष्ट्रिय कीर्तिमान कायम गरेको सङ्घले जानकारी दिएको छ ।

विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहतालगायतले पुरस्कार प्रदान गरे ।

नेपाल पौडी सङ्घको आयोजनामा दुई दिने प्रतियोगिता सातदोबाटो स्थित पौडी पोखरीमा भएको हो । बेइजिङमा डिसेम्बर पहिलो साता हुने सर्ट कोर्स विश्व च्याम्पियनसिपको छनोटका लागि प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा ३६ टोलीका १ सय ५१ जनाको खेलाडीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan