बाढी प्रभावितलाई राहत सामग्री हस्तान्तरण
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |
रसुवा, २९ असोजः उत्तरगया गाउँपालिका–३ ठूलो गाउँका बाढीपीडितलाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाद्वारा सङ्कलितरु १३ लाख ५५ हजार बराबरका राहत सामग्री वितरण गरिएको छ ।
सोसाइटीका उपाध्यक्ष अगम गुरुङले उक्त गाउँका बाढी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोगका सामग्री प्रदान गर्नुभएको हो । बाढीबाट उक्त गाउँका अधिकांश परिवार प्रभावित भएका छन् ।

