Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

सुनसरी, २९ असोजः धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका-९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    दुर्घटनापछि ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका-१३ बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan