Wednesday 28th of October | २०८३ कार्तिक ११ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्यामरुनमा झडप हुँदा चार सर्वसाधारणसहित आठ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ बुधबार | (रासस/सिन्ह्वा)

क्यामरुनको द्वन्द्वग्रस्त उत्तरपश्चिमी क्षेत्रमा सरकारी सेना र शङ्कास्पद पृथकतावादी लडाकुबीच भएको झडपमा चार सर्वसाधारण र चार लडाकुको मृत्यु भएको छ ।

    सुरक्षा स्रोतका अनुसार, मङ्गलबार मेन्चुम डिभिजनअन्तर्गतको कोशिन गाउँमा उक्त घटना भएको हो ।
    स्रोतले सिन्ह्वालाई बताएअनुसार, शङ्कास्पद पृथकतावादी लडाकुहरूले गाउँमा अन्धाधुन्ध गोली चलाउँदा त्यहाँ भेला भएका चार गाउँलेको मृत्यु भएको थियो ।
    गोलीबारीपछि पछि हट्न खोजेका लडाकुलाई नजिकै रहेका सरकारी सेनाले रोकेपछि भिडन्त भएको र त्यसक्रममा चार शङ्कास्पद लडाकु मारिएको स्रोतले जनाएको छ ।
    शान्ति र सुरक्षा कायम गर्न घटनास्थल आसपास थप सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
    क्यामरुनका अङ्ग्रेजीभाषी उत्तरपश्चिमी र दक्षिणपश्चिमी क्षेत्रमा सन् २०१७ देखि द्वन्द्व जारी छ । ती क्षेत्रमा सक्रिय पृथकतावादी समूहहरूले छुट्टै स्वतन्त्र राष्ट्र स्थापना गर्ने प्रयास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan