Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | रासस

 

काठमाडौँ, १२ कात्तिकः बङ्गलादेशका क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध हुनुभएको छ । 

 

जनकपुर बोल्ट्सले बुधबार अबेर राति सामाजिक सञ्जालमार्फत इमोनलाई टोलीमा स्वागत गर्दै उहाँलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

 

चौबिस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बङ्गलादेशले यु–१९ विश्वकप जित्दा टोलीका सदस्य हुनुहुन्थ्यो । उहाँले सन् २०२०–२१ को बङ्गबन्धु टी–२० कपमा ४२ बलमै शतक बनाउनुभएको थियो । सन् २०२५ मा उहाँले  संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टी–२० अन्तरराष्ट्रियमा पनि शतक प्रहार गर्नुभएको थियो ।  

 

उहाँले हालसम्म ४० टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ । इमोनले पाकिस्तान प्रिमियर लिग (पिएसएल) खेलिसक्नुभएको छ । एनपिएल उहाँका लागि दोस्रो विदेशी लिग हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan