Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोरङमा १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा, विद्युत् आपूर्ति थप भरपर्दो हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण सम्पन्न १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो।

कुल १४८.५ एमभीए क्षमता रहेको उक्त सबस्टेसन सञ्चालनमा आएसँगै मोरङका कानेपोखरी, रङ्गेली, विराटचोक, लेटाङलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने अपेक्षा गरिएको छ।

सबस्टेसनले क्षेत्रमा देखिँदै आएको न्यून भोल्टेज, लाइन ट्रिपिङ तथा प्राविधिक चुहावटको समस्या न्यूनीकरण गर्न सहयोग पुर्‍याउनेछ। साथै, बढ्दो विद्युत् माग व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

ऊर्जा पूर्वाधार विस्तार तथा विद्युत् वितरण प्रणालीको सुदृढीकरणमार्फत नागरिकलाई गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यअनुसार आयोजना सञ्चालनमा ल्याइएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आपूर्ति प्रणालीलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने प्राथमिकताअनुसार पूर्वाधार विकासका कामलाई निरन्तरता दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan