Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तान चिनियाँ अन्तरिक्ष मिसनमा सामेल हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | (रासस/एएफपी)

पाकिस्तानी अन्तरिक्ष यात्री चीनको अन्तरिक्ष स्टेशन मिशनमा जानुहुने भएको छ ।  उहाँ चीनको अर्को कक्ष मिशनमा सामेल हुनुहुनेछ । 

पाकिस्तान र चीन नजिकका कूटनीतिक तथा रणनीतिक साझेदार हुन् । सन् २०२५ को फेब्रुअरीमा दुवै देशले पाकिस्तानी अन्तरिक्ष यात्रीहरूका लागि चिनियाँ सरकारको तालिम कार्यक्रम सुरु गर्ने सम्झौता गरेका थिए । 

चीनको अन्तरिक्ष निकाय (सीएमएसए) ले सामाजिक सञ्जालमा जनाए अनुसार पाकिस्तानी अन्तरिक्ष यात्री शेनझोउ–२४ दलका साथ उडान गर्नुहुनेछ । भनाइमा प्रस्थानको मिति उल्लेख गरिएको छैन, तर यो मिशन यस वर्षको अन्त्यसम्ममा हुने अपेक्षा गरिएको छ । 

सीएमएसएका अनुसार पाकिस्तानी अन्तरिक्ष यात्री (पेलोड विशेषज्ञ) छोटो कक्ष उडानमा सामेल हुनुहुनेछ र मे महिनामा तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा डक भएको शेनझोउ–२३ अन्तरिक्षयानसँगै फर्कनुहुनेछ । 

सीएमएसएले पाकिस्तानी दल सदस्यको नाम खुलाएको छैन। तर अप्रिलमा मुहम्मद जीशान अली र खुर्रम दाउद नामका अन्तरिक्ष यात्रीहरूलाई चीनमा तालिम सुरु गर्न छानिएको बताएको थियो । 

बेइजिङले हालका वर्षहरूमा आफ्नो अन्तरिक्ष कार्यक्रममा ठूलो लगानी गरेको छ। यसले मुख्य प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाको बराबरी गर्दै सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री उतार्ने लक्ष्य राखेको छ । 

पाकिस्तान यसका लागि स्वाभाविक साझेदार हो। दुवै देश आफ्नो दशकौँ पुरानो ‘सबै समय’ मित्रताको प्रायः चर्चा गर्छन्। चीन पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख विदेशी लगानीकर्ता हो ।

सिन्ह्वा न्यूज एजेन्सीले दावी पुष्टि गर्दै भनेको छ,  “सन् २०२५ को सम्झौताअनुसार चीनमा तालिमपछि पाकिस्तानी अन्तरिक्ष यात्रीहरूले ‘आउँदा केही वर्ष’ चिनियाँ सहकर्मीहरूसँग छोटो अवधिका अभियानमा सामेल हुनेछन् ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan