Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्युयोर्कमा भवन भत्किँदा दुईको मृत्यु, १७ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार | (रासस-एएफपी)

न्युयोर्क, २६ कात्तिक : अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

निर्माणस्थल नजिकैको उत्खनन क्षेत्रमा भवन खसेपछि भग्नावशेषमा फसेकाहरूको उद्धार गर्न २५० भन्दा बढी अग्निनियन्त्रक र स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । उद्धारका लागि ड्रोन र खोजी कुकुरसमेत प्रयोग गरिएको थियो ।

अग्नि विभागकी आयुक्त लिलियन बोन्सिग्नोरले भग्नावशेषमा अझै कति जना फसेका छन् भन्ने यकिन नभएको बताउनुभएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

निर्माणस्थलमा कामदारले उत्खनन गरिरहेका बेला भवन भत्किएको भवन विभागका आयुक्त अहमद तिगानीले बताउनुभएको छ । उक्त स्थानमा तीनतले भवन निर्माणको स्वीकृति रहे पनि विकासकर्ताले नौतले भवन बनाउन अनुमति मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan