Thursday 12th of November | २०८३ कार्तिक २६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किमद्वारा नौसैनिक अड्डाको निरीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार | (रासस-एएफपी)

सियोल, २६ कात्तिक : उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वी तटमा निर्माणाधीन नौसैनिक अड्डाको निरीक्षण गर्दै त्यसलाई मुलुकको समुद्री सुरक्षा र सार्वभौमिकता रक्षाका लागि महत्त्वपूर्ण परियोजना बताउनुभएको छ ।

सरकारी समाचार संस्था केसीएनएका अनुसार, किमले अड्डा निर्माणलाई गति दिन र गुणस्तरमा सम्झौता नगरी काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । अड्डाको वास्तविक स्थान र आकार भने सार्वजनिक गरिएको छैन ।

उत्तर कोरियाले नौसैनिक क्षमता विस्तार गरिरहेका बेला किमले आफ्नो नौसैनिक बेडालाई आणविक हतियारले सुसज्जित गर्ने र १० हजार टन क्षमताको युद्धपोत निर्माण गर्ने योजना अघि सार्नुभएको छ । उसले पाँच हजार टनका विध्वंसक युद्धपोत तथा जहाजबाट प्रहार गर्न सकिने क्षेप्यास्त्रको परीक्षण गर्दै आएको छ ।

गत सोमबार उत्तर कोरियाले नयाँ उच्च गतिको टारपेडो प्रणाली परीक्षण गरेको थियो । उक्त प्रणाली सन् २०२७ को सुरुतिर नौसेनामा समावेश गर्ने अपेक्षा गरिएको छ । गत वर्ष सार्वजनिक गरिएको पाँच हजार टन क्षमताको विध्वंसक युद्धपोतमा सतह र हावामा प्रहार गर्न सकिने क्षेप्यास्त्र राख्न सकिने विशेषज्ञहरूको आकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan