Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | (रासस-एपी)

इस्लामावाद, २७ कात्तिक : उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक  भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ ।

बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद अफजलले बताउनुभयो ।

उद्धारकर्ताहरूले शुक्रबार सम्म खोजी र उद्धार अभियान जारी रहेको र भ्यानमा सवार ११ जनाको शव र तीन घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताएका छन् ।

क्षेत्रीय मुख्यमन्त्री अमजद हुसेनले विज्ञप्ति जारी गर्दै उक्त सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ भने घाइतेहरूलाई आवाश्यक औषधि उपचार सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिएको जनाइएको छ । 

पाकिस्तानमा सडकको खराब अवस्था, ट्राफिक कानूनको अपर्याप्त कार्यान्वयन र असुरक्षित चालक अभ्यासहरूको कमिले विशेष गरी पहाडी क्षेत्रहरूमा सडक दुर्घटनाहरू पटक– पटक  हुन गरेको बताइएको छ ।

गत हप्ता, पूर्वी पाकिस्तानमा बस र ट्रकको टक्कर हुँदा ११ जनाको मृत्यु भएको थियो भने अन्य ३३ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan