Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |

जुम्ला, १ मङ्सिर : जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ ।  

    जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसार मतदाता नामवली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका ८१५ जना र दोहोरो नाम दर्ता भएका ४७४ जनाको नाम खारेज गरिएको जानकारी दिनुभयो ।  दोहोरो मतदाता नामवलीमा नाम दर्ताका भएका सबैभन्दा बढी तिला गाउँपालिकाका ८० जनाको नाम हटाइएको छ । पातारासीबाट ६४, कनकासुन्दरीबाट ५९, तातोपानीबाट ६०, सिंजाबाट ४८, गुठीचौरबाट ३७, हिमाबाट ५० र चन्दननाथ नगरपालिकाबाट ७६ जनाको दोहोरो नाम हटाइएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी कँडेलले बताउनुभयो ।

    त्यसैगरी गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४१५ जना पुरुष मतदाता गरी जम्मा ७१ हजार ६९५ जना मतदाता सङ्ख्या कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan