Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काँडाचौर बसपार्क आजबाट सञ्चालनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार | (रासस)

दैलेख, १ मङ्सिर : काँडाचौर बसपार्क आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको करिब तीन वर्षपछि उक्त बसपार्क सञ्चालमा आएको हो ।  
    
    पार्क  नारायण नगरपालिका–६ स्थित  वडा नं. १ को भगवती टोल नजिकै रहेको छ । सो बसपार्कको आज नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले उद्घाटन गर्नुभयो । बसपार्क सञ्चालनको पूर्ण अपनत्व नगरपालिकाले लिने नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।  

    नगरप्रमुख शर्माले स्थानीय प्रशासन, निर्माण व्यवसायी र यातायात व्यवसायी समितिको समन्वयमा सवारीसाधन लाई व्यवस्थित रूपमा सञ्चालन गरिने बताउनुभयो । बस पार्क क्षेत्रमा अस्थायी प्रहरी बिट स्थापना गर्ने तथा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गर्ने निर्णयसमेत कार्यान्वयनको चरणमा गएको नगरपालिकाले जनाएको छ । 

    निर्णय कार्यान्वयनका लागि नगरपालिकाका नं. १, ३, ६, ७, ८ र ९ का वडाध्यक्षहरूले अगुवाइ गर्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan