Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चोरीका गरगहना र नगदसहित पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |

काठमाडौँ, २ मङ्सिरः काठमाडौँको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा काठमाडौँका दीपेश डङ्गोल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

 

प्रहरीले स्कुटरमा सवार भइरहेको अवस्थामा डङ्गोललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो । पक्राउपछि डङ्गोलको कोठामा खानतलासी गर्दा चोरीका विभिन्न सुन तथा चाँदीका गरगहनासहित नगद फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट भारतीय रुपैयाँ १६ हजार ७१६ र नेपाली रु ४१ हजार बरामद गरिएको छ ।

 

प्रहरीले बरामद गरिएका गरगहना तथा नगद चोरीसँग सम्बन्धित रहेको जनाएको छ । डङ्गोलविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan