Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |
newsabhiyan

काठमाडौं, ४ मंसिर : म्याग्दी, मालिका गाउँपालिका-६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय बिष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  

धनकुटा, महालक्ष्मी नगरपालिका-४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८८ हजार ९ सय ७० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan