Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वामपन्थी शक्तिबीच एकता अपरिहार्य छः संयोजक दाहाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस)

काठमाडौँ, ५ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अग्रगामी दिशामा लैजान वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

    नेकपाको काठमाडौँ जिल्ला समितिको एकता बैठक तथा राष्ट्रिय जागरण अभियानको आज उद्घाटन गर्दै उहाँले कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुको विकल्प नरहेकामा जोड दिनुभयो ।
 
    विगतदेखि नै आफू वामपन्थी शक्तिलाई एकताबद्ध बनाउने प्रयासमा लागिरहेको बताउँदै संयोजक दाहालले यसअघिका त्रुटि सच्याएर अघि बढ्न सबैले प्रण गर्नुपर्ने उल्लेख गर्नुभयो । “हिजोको असफलताबाट पाठ सिकेर फेरि एकपटक कम्युनिष्ट एकताको झण्डा उठाउनुपर्छ”, उहाँले भन्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan