प्रधानमन्त्री बालेनको फेसबुक पोस्ट : ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सामाजिक सञ्जालमा बेला–बेलामा चर्चामा आउने गरेका छन्।
यसपटक उनले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यसँग जहाजभित्र उभिएको तस्वीर सार्वजनिक गर्दै सरकारको टिमबारे सन्देश दिएका छन्।
प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै उभिएको तस्वीर फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको उक्त तस्वीरसँगै उनले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
प्रधानमन्त्री शाहको उक्त पोस्टले सामाजिक सञ्जालमा ध्यान खिचेको छ।
उनले तस्वीरमार्फत आफ्नो मन्त्रिपरिषद्का सदस्यहरूलाई देश निर्माणको अभियानमा जुटेको टोलीका रूपमा प्रस्तुत गरेका छन्।
