Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः महासचिव पोखरेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | (रासस)

दाङ, ८ मङ्सिरः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने उल्लेख गर्दै तोकिएकै समय निर्वाचन हुनुपर्ने बताउनुभएको छ । 

    प्रेस चौतारी नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले दुवै तहका निर्वाचन एकैपटक गर्न नहुने बताउनुभयो । स्थानीय तहको कार्यकाल आगामी वर्ष जेठ ५ गते समाप्त हुने भएकाले वैशाखभित्रै निर्वाचन गरिसक्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उहाँले बताउनुभयो । 

    प्रदेशको निर्वाचन आगामी मङ्सीरमा हुने स्थितिमा ६ महिनासम्म स्थानीय तहलाई जनप्रतिनिधिविहीन राख्ने कुरा स्वीकार्य हुन नसक्ने र यसले राष्ट्रियसभा तथा राष्ट्रपतिको निर्वाचनसमेत प्रभावित हुने महासचिव पोखरेलले उल्लेख गर्नुभयो । उहाँले वर्तमान संविधान जनअधिकारका दृष्टिले समृद्ध रहेकाले यसका आधारभूत जगलाई खलबल्याएर वा अधिकार कटौती गरेर नभई सुदृढीकरणका लागि मात्र आवश्यक संशोधन गर्न सकिने प्रष्ट पार्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan