Thursday 26th of November | २०८३ मङ्सिर १० बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार |
newsabhiyan

काठमाडौं, १० मंसिर : अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भएका ३३ वर्षीय जित बहादुर पाइनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीरको जंगल नजिक एकान्त ठाउँमा गत असोज ६ गते पीडितलाई बोलाई अमेरिकन डलर सस्तो दरमा साटिदिन्छु भनि प्रलोभनमा पारी पीडितले साथमा ल्याएको नगद २० लाख ४५ हजार रूपैयाँ लिई फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan