Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

३८४ किलो नक्कली महसहित एक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
newsabhiyan

काठमाडौँ, ९ मङ्सिरः अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरिरहेको अभियोगमा प्रहरीले काठमाडौँको टोखाबाट एक जनालाई पक्राउ गरेको छ ।
 
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले टोखा नगरपालिका–१ भण्डारे क्षेत्रबाट नक्कली महसहित धादिङको सिद्धलेक गाउँपालिका–२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरेको हो ।
 
निजले अखाद्य पदार्थ मिसावट गरी मह बिक्री गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan