छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, ८ मंसिर : सिराहा, कर्जन्हा नगरपालिका-१ उत्रायणीस्थित कमला नदीको किनारमा ग.१ ख ९०१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री धनुषा सहिदनगर नगरपालिका-३ बस्ने अन्दाजी ३३ वर्षीया प्रमेश्वरी देवी पासवानको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको फूलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएकी १ जना पैदलयात्रीको कमलामाई मेडिकल बन्दीपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, गल्छी गाउँपालिका-७ गल्छी बजारस्थित सडकमा बा.४ ख ६०५९ नम्बरको टिपरले बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक डडेल्धुरा अजयमेरू गाउँपालिका-४ बस्ने अन्दाजी २८ वर्षीय बरूण प्रसाद भट्टको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बैरेनी अस्पताल बैरेनीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-३२ मजुवास्थित सडकमा ग. १७ प ३५७३ नम्बरको स्कुटर मंगलबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार तनहुँ शुक्लागण्डकी नगरपालिका-११ बस्ने ६१ वर्षीय माधव प्रसाद शर्माको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पतालम उपचार भइरहेको छ ।
पर्सा, वीरगंज महानगरपालिका-२५ मौजे सिर्सियास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया राधिका देवीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
