Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | रासस

 दमौली (तनहुँ), ८ मङ्सिरः तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको छ । 

    नगरपालिकाबाटै प्यान नम्बर तथा कर चुक्ता प्रमाणपत्रलगायतका सेवा उपलब्ध हुन थालेपछि करसम्बन्धी कामका लागि उद्योगी, व्यवसायी तथा करदातालाई दमौली पुग्नुपर्नेे बाध्यता हटेको छ ।

यसअघि प्यान नम्बर लिन, कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न तथा करसम्बन्धी अन्य कामका लागि दमौलीस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने अवस्था थियो । नगरपालिकाबाटै सेवा लिन सकिने भएपछि सेवाग्राहीको समय र खर्च बचत हुने तथा करसम्बन्धी काम छिटोछरितो हुने अपेक्षा गरिएको छ ।

नगरपालिकाले स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था गरेसँगै साना तथा मझौला व्यवसायी, नयाँ व्यवसाय सुरु गर्न चाहने व्यक्ति र नियमित रूपमा करसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने करदातालाई सहज हुने भएको छ ।

नगर प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकारबाटै नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप प्यानसम्बन्धी सेवा सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार करसम्बन्धी सामान्य कामका लागि पनि सेवाग्राहीले अर्को ठाउँमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने प्रयास गरिएको हो ।

नगरपालिकाबाटै सेवा उपलब्ध हुँदा नागरिकले अनावश्यक समय र यातायात खर्च व्यहोर्नुपर्ने अवस्था कम हुने तथा सरकारी सेवा प्राप्त गर्न सहज हुने नगरपालिकाको अपेक्षा गरिएको पण्डितको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan