Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
newsabhiyan

काठमाडौँ, ९ मङ्सिरः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

 हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो ।

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता उपरीक्षक ढुण्डीराज नेउपानेले राससलाई जानकारी दिनुभयो ।

बरामद वस्तु्को परीक्षण तथा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan