Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार | रासस

काठमाडौँ, २६ साउनः प्रहरीले अनधिकृत तबरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ बस्ने रौतहट चन्द्रपुर नगरपालिका–२ घर भएका २९ वर्षीय दीपेन्द्र कर्माचार्य रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

 उहाँका अनुसार निजलाई काठमाडौँ महानगरपालिका–२२ टेवहालबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा निजले नेपाल सरकारको स्वीकृति नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्यानमा पारी नेपाल सरकारबाट मान्यता प्राप्त जिपिएस ट्रर्याकर डिभाइस रहेको भनी झुठ्ठा प्रचारप्रसार गरी व्यावसायिक प्रयोजनको लागि चीनबाट आयात हुने जिपिएस ट्रर्याकर डिभाइसमा नेपाल सरकारको निशान छाप राख्न लगाइ, निशान छापको दुरूपयोग गरी जिपिएस ट्रर्याकर बिक्री वितरण गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रहरीले निजको साथबाट नेपाल सरकारको निशान छाप अङ्कित ५२ थान जिपिएस ट्रर्याकर डिभाइस बरामद गरेको छ । निजलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

जुवा खेलिरहेको अवस्थामा नगदसहित १६ जना नियन्त्रणमा

प्रहरीले आज बिहान जुवा (कौडा) खेलिरहेको अवस्थामा नगद रु १३ लाख बढी र कौडासहित १६ जनालाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ ।

काभ्रेपलान्चोक, खानी खोला गाउँपालिका–६ का ४२ वर्षीय रेशमबहादुर घ्यावा, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–३ का ३१ वर्षीय सुमन गिरी, दोलखा, सुरी गाउँपालिका–६ की ४५ वर्षीया हेमा गुरुङ, चितवन, कालिका नगरपालिका–९ की ४० वर्षीया शान्ता लामा, काभ्रेपलान्चोक, मण्डनदेउपुर नगरपालिका–१० का ४० वर्षीय नवराज नेपाल, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–४ का ३८ वर्षीय अमर तामाङ, नुवाकोट, ककनी गाउँपालिका–६ का ४० वर्षीय रमन लामा, नुवाकोट, ककनी गाउँपालिका–६  का ३७ वर्षीय नवीनकुमार लामा, सोही ठाउँका ३३ वर्षीय सन्तोष डङ्गोल, ३९ वर्षीय चित्रबहादुर लामा, ६२ वर्षीय मङ्गलबहादुर तामाङ, झापा, कनकाई नगरपालिका–५ का ४३ वर्षीय टीकाराम बराल, ललितपुर महानगरपालिका–१४  का ४८ वर्षीय उमेश चौधरी, नुवाकोट, शिवपुरी गाउँपालिका–६  का ३४ वर्षीय सुजन तामाङ, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–३ का ३५ वर्षीय सरोज गिरी तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ का यसबहादुर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज अन्दाजी ६ः१२ बजेको समयमा काठमाडौँ महानगरपालिका–२७ स्थित गाउँवेशी थकाली भान्साघरमा कौडा खेलिरहेको भन्ने सूचना आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुगी जाँच गर्दा हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट प्रहरीले कौडा थान १६ र नगद रु १३ लाख १७ हजार १२५ फेला पारी नियन्त्रणमा लिइ प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan