Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोबिलिटीलाई विलासिता होइन, दिगो विकासको आधार मान्नुपर्छ : नाइमा अध्यक्ष वैद्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताएकी छन्काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले यातायात तथा मोबिलिटी क्षेत्रलाई केवल विलासिताको वस्तु वा सरकारी राजस्व संकलनको माध्यमका रूपमा मात्र हेर्न नहुने बताइन् ।

उनले मोबिलिटी क्षेत्र मुलुकको आर्थिक गतिविधि, रोजगारी, पूर्वाधार विकास र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसको विकासका लागि दीर्घकालीन र स्थिर नीति आवश्यक रहेकोमा जोड दिइन् ।

अध्यक्ष वैद्यका अनुसार एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको नाइमामा अहिले ३६ कम्पनी आबद्ध भइसकेका छन् । छोटो अवधिमै सदस्य कम्पनीको संख्या बढ्नुले नेपालको अटोमोबाइल उद्योगमा संस्थाप्रतिको विश्वास तथा उद्योगको साझा उद्देश्यप्रतिको प्रतिबद्धता बढ्दै गएको देखाउने उनको भनाइ छ ।

नेपाल स्वच्छ र दिगो यातायातको भविष्यतर्फ अघि बढिरहेको उल्लेख गर्दै वैद्यले सरकारले अघि सारेको हरित अर्थतन्त्रको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताइन् ।
उनले विद्युतीय सवारीसाधनसँगै हाइब्रिड तथा अन्य उदीयमान प्रविधिलाई समेत स्पष्ट र वैज्ञानिक ढंगले सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइन् । यस्ता सवारीसाधनको वर्गीकरण, कर प्रणाली तथा परीक्षणसम्बन्धी व्यवस्थामा स्पष्टता ल्याउन सरकार र निजी क्षेत्रबीच प्राविधिक बुझाइमा एकरूपता आवश्यक रहेको उनले बताइन् ।

अटोमोबाइल व्यवसायीहरूले सरकारबाट नीतिगत स्थिरता र पूर्वानुमान गर्न सकिने वातावरणको अपेक्षा गरेको उल्लेख गर्दै वैद्यले पटक–पटक परिवर्तन हुने नीतिले लगानी, व्यवसाय विस्तार तथा प्रविधि हस्तान्तरणमा चुनौती सिर्जना गर्न सक्ने बताइन् ।


नेपालको अटोमोबाइल क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउन सरकार तथा निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । उनले नयाँ प्रविधि भित्र्याउने, उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सवारीसाधन उपलब्ध गराउने तथा वातावरणमैत्री यातायात प्रणालीको विकासमा निजी क्षेत्रले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan