Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मलको माग उच्च, आपूर्ति न्यून

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |
newsabhiyan

सुदूरपश्चिम, २७ साउनः धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ । यस अवधिमा पोटास ३३.२५ मेट्रिक टन बिक्री भएको छ ।

प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीले धानखेतीका लागि आवश्यक पर्ने मल किसानसम्म पुर्याउने क्रममा कम्पनीले उक्त परिमाणमा मल बिक्री गरेको बताउनुभयो । धानखेतीको मुख्य समयमा मलको माग बढ्ने भएकाले कम्पनीले सहकारी तथा कृषि सामग्रीको बिक्री केन्द्रमार्फत किसानसम्म पुर्याउँदै आएको उहाँले जानकारी दिनुभयो । 
 
उपलब्ध मल बिक्री भइरहे पनि मागको तुलनामा आपूर्ति भने अझै बढाउनुपर्ने अवस्था रहेको छ । धनगढीका लागि युरिया एक हजार ९४७.७०५ र डिएपी एक हजार ९१५.८१५ मेट्रिक टन आवश्यक कोटा रहेको प्रबन्धक बोगटीले जानकारी दिनुभयो । 

हालको बिक्रीपछि कम्पनीमा युरिया ११०.२५०, डिएपी ३१ र पोटास ९३.६५० मेट्रिक टन मौज्दात रहेको छ । मङ्गलबारसम्म बिक्री र मौज्दात जोड्दा युरिया एक हजार ३९७.९५५ तथा डिएपी ३२६.७ मेट्रिक टन पुगेको छ ।

आवश्यक कोटासँग तुलना गर्दा बिक्री तथा मौज्दातमा रहेको मल युरियातर्फ करिब ७२ प्रतिशत र डिएपीतर्फ करिब १७ प्रतिशतमात्रै पुग्छ । यसमध्ये डिएपीको आपूर्ति अन्तर तुलनात्मक रूपमा बढी देखिएको छ ।

कम्पनीको विवरणअनुसार आवश्यक कोटाको तुलनामा युरियामा ५४९.७५५ र डिएपीमा एक हजार ५८९.११५ मेट्रिक टन कमी देखिएको छ । धानखेतीका लागि मलको माग बढेको समयमा डिएपीको आपूर्ति कमजोर हुँदा किसानले मलका लागि समस्या भोग्नु परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan