दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
काठमाडौँ, २९ साउनः महिला तथा बालबालिकाको स्वास्थ्य, मातृ स्वास्थ्य तथा जनसङ्ख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तारका विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधिले भेटवार्ता भएको छ ।
भेटमा मन्त्रालय र युएनएफपिएबीच प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्दै स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउने दिशामा अघि बढ्ने समझदारी भएको जनाइएको छ ।
युएनएफपिएले नेपालमा महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच र सेवाको गुणस्तर सुधार, प्रभावकारी रेफरल प्रणाली, परिवार नियोजन तथा लैङ्गिक समानताका क्षेत्रमा गर्दै आएको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री महतोको स्वकीय सचिवायले जनाएको छ ।
त्यस्तै, मिडवाइफरी सेवा विस्तार, मानसिक स्वास्थ्य, जलवायु परिवर्तनको प्रभाव र मातृ स्वास्थ्य, जनसङ्ख्या नीति तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिलगायत विषयमा छलफल भएको थियो ।
