Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्यास चुहावटले बङ्गलादेशको जहाज तोड्ने यार्डमा आठ जनाको मृत्युः प्रहरी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | (रासस/एएफपी)

बङ्गलादेशको ‘सिपब्रेकिङ यार्ड’ मा शुक्रबार एउटा जहाजबाट विषाक्त ग्यास चुहावट भई भएको एक घटनामा कम्तीमा आठ जना मजदुरको मृत्यु भएको र थप पाँच जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।

साक्षीहरूका अनुसार चित्तागोङको दक्षिणपूर्वी बन्दरगाह शहरको यार्डभित्रबाट चिच्याहट सुनिएपछि तत्काल उद्धार टोली त्यहाँ पुगेको थियो । 

घटनापछि मजदुरहरूले नै केही पीडितलाई अस्पताल पु¥याएका थिए ।

वरिष्ठ प्रहरी अधिकारी अब्दुल कुद्दुस चौधरीले आठ जनाको मृत्यु भएको र बेपत्ता मजदुरहरूको खोजी भइरहेको बताउनुभयो । 

“यो घटनाको छानबिन गर्न समिति गठन गरिएको छ र अधिकारीहरूले जहाज तोड्ने यार्डको जाँच गर्न आदेश दिएका छन्,” चौधरीले एएफपीसँग भन्नुभयो । 

“फर्दोस स्टील सिपब्रेकिङ यार्ड एण्ड रिसाइक्लिङ फ्याक्ट्रीले पहिले तरल प्राकृतिक ग्यास (एलएनजी) ढुवानी गर्न प्रयोग हुने जहाज खरिद गरेको थियो। यसलाई ‘हरियो’ र नियमपालन गर्ने सुविधाको रूपमा सूचीबद्ध गरिएको थियो,” उहाँले भन्नुभयो । 

अग्नि नियन्त्रण अधिकारी तौफिकुल इस्लाम भुइयाँले सुरक्षा प्रक्रियाहरू उल्लङ्घन भएको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जहाज तोड्ने (काट्ने) काम सुरु हुनुअघि जहाज ग्यासमुक्त हुनुपर्ने थियो।

उहाँले भन्नुभयो, “यार्डका अधिकारीहरूले निर्देशन पालना नगरेका कारण ग्यासको सम्पर्कमा आएका मजदुरहरूको मृत्यु भयो भने टाढा रहेकाहरू बाँचे।” 

फर्दोसले यस घटनाबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन।

भुइयाँका अनुसार अग्नि नियन्त्रकहरूले घटनास्थलबाट तीनवटा शव निकालेका थिए र धेरै मजदुरहरू बेहोस अवस्थामा फेला परेका थिए, जसलाई अस्पताल लगिएको थियो।

बङ्गलादेशको जहाज तोड्ने उद्योग चित्तागोङको बङ्गालको खाडीको किनारमा २५ किलोमिटर (१५ माइल) लामो क्षेत्रमा फैलिएको छ।

यो विश्वकै सबैभन्दा ठूला जहाज तोड्ने केन्द्रहरूमध्ये एक हो र यसले दशौँ हजार मानिसलाई रोजगारी दिन्छ।

यो क्षेत्रले सुरक्षा मापदण्ड र कार्य अवस्थाका कारण श्रम तथा वातावरणीय समूहहरूबाट लामो समयदेखि आलोचना खेप्दै आएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan