Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इजीजेटका क्याबिन क्रूहरुको आन्दोलनका कारण, सयभन्दा बढी फ्रान्सेली उडान रद्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार | (रासस/एएफपी)

उडान तालिकामा बारम्बार परिवर्तन भएको विषयमा आक्रोशित बनेका क्याबिन–क्रु (चालक दलका सदस्यहरु) ले गरेको आन्दोलनका कारण बेलायती एयरलायन्स (इजीजेट) ले  शनिबार र आइतबार फ्रान्सेली विमानस्थलहरूबाट करिब १०० भन्दा बढी उडानहरू रद्द गरेको जनाएको छ । 

    बेलायती एयरलायन्स कम्पनीअन्तरगत फ्रान्सका लागि हुने उडानहरुमा ९०० जना क्याबिन क्रुहरु रहेको इजीजेटले जनाइएको छ । उनीहरु मध्य लगभग आधा आन्दोलनमा सहभगी हुने जनाउँदै यसको कारण पेरिसका निस, बोर्डो र लियोन एयरपोर्ट अधिकाशं उडानहरू प्रभावित हुने बताइएको छ ।

    फ्रान्स बेलायती एयरलाइन्सको लागि एक प्रमुख बजार हो, जुन केहि समय अगाडि मात्र अमेरिकी निजी व्यापारिक कम्पनी  अपोलोले  सात अर्व ७० करोडको सम्झौतामा लिएको थियो । फ्रान्समा यसको यात्रु सङ्ख्या एयर फ्रान्सपछि दोस्रो स्थानमा रहेको जनाइएको  ।

    अधिकांश उडानहरू शुक्रबार पनि रद्द गरियो जनाउँदै कम्पनीले यात्रुहरूलाई वैकल्पिक मार्गहरू खोज्न मद्दत गरेको पनि बताएको छ । ‘एसएनपिएनसी–एफओ’ सङ्गठनका प्रतितिधि विलियम बोर्डनले क्याबिन क्रूहरुले आफ्नो काममा स्थिरता चाहेको बताउँदै गन्तव्यहरूमा एक हप्ताको समयमा ५०–६० पटक सम्म परिवर्तन भएको बताउनु भएको छ ।

    वार्तामा सहभागी भएका सम्बन्धित सङ्गठनका सदस्यहरुले अगस्ट –७ देखि सेप्टेम्बर –२ सम्मका लागि आन्दोलनको चेतावनी दिएका छन् । इजीजेटले कर्मचारीहरूलाई यस्तो व्यस्त समयमा आन्दोदन बन्द गर्न आग्रह गर्दै यसले कर्मचारीहरूको स्थिरता कायम गर्ने प्रस्तावसहित सेप्टेम्बरमा वार्ताको योजना बनाएको बताएको छ ।
 
 यसअघि गत अप्रिलमा भएको अघिल्लो आन्दोलनले पनि उडान प्रभावित बनाएको जनाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan