Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मङ्गोलियामा विद्यालयमा सामाजिक सञ्जाल रोक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस/सिन्ह्वा)

उलानबाटोर, ४ भदौ : मङ्गोलियाले विद्यार्थीको अनलाइन सुरक्षा र स्क्रिनमा निर्भरता घटाउने उद्देश्यले आगामी शैक्षिक वर्षदेखि देशभरका विद्यालयमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । शिक्षा तथा विज्ञानमन्त्री लुभ्सान्तेरेन एन्ख–अमगालनले बुधबार यस्तो निर्णय भएको बताउनुभएको हो ।

सन् २०२६–२०२७ को शैक्षिक वर्षदेखि शिक्षक, विद्यार्थी र अभिभावक सहभागी सामाजिक सञ्जालका च्याट समूह तथा पृष्ठ सञ्चालन गर्नसमेत रोक लगाइने उहाँले बताउनुभयो । मङ्गोलियामा फेसबुक, इन्स्टाग्राम र टिकटक बढी प्रयोग हुने सामाजिक सञ्जाल हुन् ।

विद्यालयमा शिक्षकहरूले फेसबुक समूह तथा च्याटमार्फत विद्यार्थी र अभिभावकसँग सम्पर्क गर्ने तथा गृहकार्य पठाउने अभ्यास रहेकाले नयाँ व्यवस्थाले विद्यालय र अभिभावकबीचको सञ्चारमा समेत परिवर्तन ल्याउनेछ । मङ्गोलियामा नयाँ शैक्षिक वर्ष सामान्यतया सेप्टेम्बर १ देखि सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan