Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाजाका चर्चित दुई घटनामा इजरायली सेनाद्वारा आपराधिक अनुसन्धान सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस/एपी)

इजरायली सेनाले गाजा युद्धका क्रममा पाँच वर्षीया हिन्द रजाब र १५ जना प्यालेस्टिनी स्वास्थ्यकर्मीको मृत्यु भएको घटनाबारे आपराधिक अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ ।
    सेनाले बुधबार गाजामा आफ्ना सैनिकको आचरणसम्बन्धी १५० घटनाको समीक्षा पूरा गरेको र पाँचवटा घटनामा थप अनुसन्धान आवश्यक देखिएको जनाएको छ । हिन्द रजाब र उनका परिवार तथा स्वास्थ्यकर्मीको मृत्युका घटना अनुसन्धानमा समेटिएका छन् ।        
    सन् २०२४ को फेब्रुअरीमा गाजा सहरबाट भाग्ने क्रममा हिन्द आफ्ना आफन्तसहित सवार गाडीमाथि गोली प्रहार भएको थियो । हिन्दबाहेक गाडीमा रहेका सबैको मृत्यु भएको थियो । उद्धारका लागि प्रयास भइरहेका बेला उनीसँग सम्पर्क टुटेको र १२ दिनपछि हिन्दसहित उनका आफन्त तथा दुई स्वास्थ्यकर्मीको शव फेला परेको थियो ।
    त्यस्तै, सन् २०२५ को मेमा दक्षिणी गाजाको राफाहमा घाइते तथा मृतकलाई उद्धार गर्न गएका १५ जना प्यालेस्टिनी स्वास्थ्यकर्मीको इजरायली सेनाको गोली प्रहारबाट मृत्यु भएको थियो । उनीहरूलाई पछि सामूहिक रूपमा गाडिएको थियो ।
    इजरायली सेनाले सुरुमा स्वास्थ्यकर्मीहरूका सवारीसाधनले बत्ती वा आपत्कालीन सङ्केत नदिई सैनिकतर्फ अघि बढेको दाबी गरेको थियो । तर घटनाको भिडियो सार्वजनिक भएपछि उक्त दाबीमाथि प्रश्न उठेको थियो ।
    सेनाले ‘वल्र्ड सेन्ट्रल किचन’ र ‘डाक्टर्स विदाउट बोर्डर्स’का सहायताकर्मीको मृत्यु भएका तीन घटनामा भने आपराधिक अनुसन्धान नगर्ने जनाएको छ ।
    सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि सुरु भएको युद्धमा गाजामा ७३ हजारभन्दा बढी मानिसको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता पनि एक हजार दुई सयभन्दा बढी मानिस मारिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan