Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठमेललाई २४सै घण्टा सञ्चालन गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |

काठमाडौँ, ३ भदौः काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।

    ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४सै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रुपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो । ठमेल पर्यटन विकास परिषद्का तत्कालिन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा सञ्चालन भएको घोषणा गर्नुभएको थियो । 

    परिषद्का महासचिव पशुपति कँडेलले पर्यटकीय केन्द्र ठमेललाई २४सै घण्टा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ठमेल पर्यटन विकास परिषद्बीच सहकार्य गर्ने सहमति भएको जानकारी दिनुभयो । भेटमा ठमेल क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकर्सको व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

    भेटमा प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन सुरक्षा निकायलाई आवश्यक रूपमा परिचालन गर्ने र परिषद्सँग प्रभावकारी समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटनमैत्री वातावरण निर्माण गर्न परिषद्ले विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो ।

    परिषद्ले ठमेलको विकास र सुरक्षाका लागि सबै सरोकारवाला पक्षबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan