Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन सय किलो गाँजा बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)

सर्लाही, ३ भदौः सर्लाहीको कौडेनाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

    प्रहरीले कौडेना गाउँपालिका–१, लक्ष्मीपुरस्थित बाँसघारी नजिकै गँहुको भुस राख्न बनाएको बाँसको कच्ची घरबाट तीन सय किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले ३० वटा पोकामा लुकाइराखेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

    गाँजा बरामद भएको उक्त बाँसको कच्ची घर स्थानीय विजय पटेलको रहेको खुलेको छ । घरधनी पटेल भने फरार रहेकाले उनको खोजी तथा बरामद लागूऔषधको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो । यस क्षेत्रमा यसअघि पनि प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो । लागूऔषध गाँजाको ओसारपसारको केन्द्र बनेको यस गाउँलाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan