Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |

कपिलवस्तु, ३ भदौ : शिवराज नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका-३ खरेन्द्रपुर बस्ने २४ वर्षीय अमन विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ सिकोटवा बस्ने ५३ वर्षीया तारा तेलीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय ३० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan