Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक–विद्यार्थी पुरस्कृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस)

खोटाङ, ५ भदौ : ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने जिल्लाका एक शिक्षक र उत्कृष्ट अङ्क ल्याउने एक विद्यार्थीलाई पुरस्कृतसहित अन्य चार जनालाई सम्मान गरेको छ । ‘शुभशेर राई जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ बाट साकेला माध्यमिक विद्यालय रतन्छामा कार्यरत साकेला गाउँपालिका–३ खिदिमा निवासी शिक्षक इन्द्रकुमार तामाङ पुरस्कृत हुनुभएको छ । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शुभशेर राईको तथा सम्झनामा परिवारका १९ सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरिएको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट शुक्रबार पुरस्कृत तथा सम्मान गरिएको हो । 

प्रतिष्ठानले स्वर्गीय शिक्षक राईको पाचौँ वार्षिक पुण्यतिथि तथा चौथो वार्षिक साधारणसभाको अवसर पारेर दिक्तेलमा आयोजना गरेको कार्यक्रममा शिक्षक तामाङलाई नगद रु ५५ हजार ५५५ राशिको पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका महासचिव लक्ष्मीप्रसाद खनालले जानकारी दिनुभयो । 

कार्यक्रममा ‘शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान–२०८३’ बाट सरस्वती माध्यमिक विद्यालयका शिक्षक टङ्क कटुवाल सम्मानित हुनुभएको छ । ‘शुभशेर राई उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्मान–२०८३’ बाट हिमालय माध्यमिक विद्यालय सोल्माका अध्यक्ष सप्तमणि राई र ‘शुभशेर राई जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान–२०८३’ बाट लक्ष्मी माध्यमिक विद्यालय काहुलेका प्रधानाध्यापक कृष्णबहादुर राई सम्मानित हुनुभएको हो । 

‘शुभशेर राई दीर्घसेवी शिक्षक सम्मान–२०८३’ बाट जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्याक झमप्रसाद आचार्य सम्मानित हुनुभएको छ । यस्तै, ‘शुभशेर राई उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८३’ बाट चम्पावती माध्यमिक विद्यालय बुइपाको कक्षा–७ मा अध्ययनरत छात्र आनन्द श्रेष्ठलाई रु सात हजार ७७७ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan