Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागुऔषधसहित तीन जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार |

भद्रपुर (झापा), ६ भदौः  झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शुक्रबार राति झापा गाउँपालिका–४ चर्तागाछीमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी नगरपालिका–९ का १७ वर्षीय गौरव चौधरीलाई पक्राउ गरिएको हो । 

जाँचका क्रममा निजको साथबाट प्लास्टिकसहित सात ग्राम १० मिलीग्राम ब्राउनसुगर तथा नाइट्रोजन ट्याब्लेट १८ थान बरामद भएको छ । त्यस्तै, आज बिहान भारततर्फबाट साइकलमा नेपाल आउँदै गरेका शिवसताक्षी–६ का २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डीलाई टाघनडुब्बा स्कुल टोलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो । 

निजहरूको साथबाट प्लास्टिकसहित एक ग्राम ७५ मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan