Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | (रासस/एएफपी)

म्यान्माको बौद्ध गुम्बामा नागरिकहरू भेला भएको समयमा भएको सैन्य हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको विद्रोही लडाकुहरूले बताएका छन् ।

सेनाले सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता पक्राउ गरेपछि म्यान्मामा गृहयुद्ध जारी रहेको छ ।

विगत पाँच वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसङ्ख्यक विद्रोहीहरूको समुहसँग लडिरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा एक लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

 मानिसहरु प्रार्थनाको लागि भेला भएको अवस्थामा गुम्बालाई लक्षित गरी मध्य सागिङ क्षेत्रको म्याउङ नगरमा बिहान ९ः०० बजे गरिएको पछिल्लो हवाई आक्रमणमा ११ जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ । 

म्यान्माको वर्षाको मौसमसँग लगभग मेल खाने बौद्ध परम्पराको अवसरमा प्रार्थना गर्न वृद्ध मानिसहरू तीन महिनाका लागि उक्त ध्यान केन्द्रमा प्रवेश गरेको समयमा आक्रमण भएको  जनाइएको छ । आक्रमणमा मृत्यु भएका मानिसहरु ५० देखि ७० वर्ष उमेर समुहका रहेको जनाइएको छ ।
 
 जानकारीका लागि म्यान्माको सेनालाई सम्पर्क गर्न तुरुन्तै सम्भव नभएको जनाइएको छ ।

तर दोस्रो स्थानीय विपक्षी लडाकु समुहले सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने सर्तमा मृतक पाँच जना आफ्नै गाउँका रहेको र अन्य नौ जना अन्य गाउँका रहेको उल्लेख गरेको छ । 
 प्रत्यक्षदर्शीहरूले मानिसहरूलाई बचाउने प्रयास गरिरहेको अवस्थामा पुनः दोस्रो पटक हवाई आक्रमण भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ ।

म्यानमाको सेनाले विद्रोहीहरूलाई तह लगाउनका लागि आपूर्ति गरिएका चिनियाँ र रूसी जेट विमानहरूको प्रयोग गर्ने गरेको विश्लेषकहरू बताउँछन् ।

म्यान्माका लागि स्वतन्त्र अनुसन्धान संयन्त्र ९आइआइएमएम० का संयुक्त राष्ट्रका अनुसन्धानकर्ताहरूले गत हप्ता सेनालाई नागरिकहरू विरुद्ध अन्धाधुन्ध र जानाजानी हवाई आक्रमण गरेको आरोप लगाउँदै  प्रतिवेदन प्रकाशित गरेका थिए ।

सार्वजनिक भवनहरू, मठ–मन्दिर, विद्यालयहरूलाई लक्षित गरी आक्रमण गरिरहेको जनाइएको छ ।

म्यान्माको सरकारले आइआइएमएमको दाबीलाई म्यान्माको सुरक्षा बलहरूविरुद्ध अप्रमाणित र गलत जानकारीको आधारमा गरिएको एकतर्फी आरोप भनेको छ ।

पाँच वर्षको सैनिक शासनपछि, म्यान्माको सेनाले सन् २०२६ को सुरुतिर चुनाव सम्पन्न गरेको थियो ।

आइआइएमएमले जारी गरेको प्रतिवेदनमा चुनाव अघिको समयमा हवाई आक्रमणमा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

प्रजातान्त्रिक विश्लेषकहरुले लोकप्रिय सुकीलाई छोडेर, उहाँको पार्टीलाई आलोचना गर्दै  असहमति जनाउनेहरूलाई जेल सजाय दिएर सैन्य शासनलाई पुनः स्थापित गर्ने प्रक्रिया भन्दै मतदानलाई बहिस्कार गरेका थिए । 

मतदानको परिणामस्वरूप विद्रोही समुहका नेता मिन आङ ह्लाइङले अप्रिलमा राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको थियो ।

उहाँले हाल म्यान्माको  निर्वाचित सरकारलालाई  स्थापित  गर्न तथा विदेशमा कूटनीतिक मान्यता प्राप्त गर्न  कडा कूटनीतिक पहलको नेतृत्व गरिरहनु भएको छ । 

भारत, चीन, लाओस र थाइल्यान्डलगायतका देशहरुले हालै मान्माको भ्रमण गरेर उहाँलाई खुला रूपमा समर्थन गरेका छन् भने अभियानकर्ताहरूले आलोचना गर्दै उनीहरुलाई अनुचित वैधता दिएको गुनासो गरेका छन् । 

यस हप्ता, मिन आङ ह्लाइङले रूस र बेलारुसको भ्रमण गर्नुभएको छ भने उनीहरु विद्रोह पछिको म्यान्मा सरकारका दृढ सहयोगीका रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan